जिल्ला प्रहरी कार्यालय, पर्साको गम्भीर ध्यानाकर्षण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ३१ जेठ ।
हाल विभिन्न सामाजिक सञ्जाल, माई टेलिभिजन तथा केही अनलाइन माध्यमहरूमा वीरगंजमा अवैध ढाँट सञ्चालन आइरहेको भन्ने विषयलाइ लिएर भ्रामक, तथ्यहीन तथा झुठा अफवाह फैलाएको प्रति जिल्ला प्रहरी कार्यालय, पर्साको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतवार जिप्रका, पर्साले विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा सवारी करको हकमा पुर्णरूपमा बन्देज गरिएको तथा कबाडीकरको हकमा २०८३ असार मसान्तसम्म बाधा अवरोध नगर्नु भन्ने सम्मानित उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगंज) बाट २०८३।०२।२० गते आदेश जारी भएको साथै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी वास्तविक अवस्था बुझ्ने तथा कानून विपरीत कुनै गतिविधि भए–नभएको विषयमा आवश्यक अनुसन्धान तथा निगरानी कार्य निरन्तर रूपमा भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पर्सा प्रहरीले पुष्टि नभएका सूचना तथा आधारहीन आरोपहरू सार्वजनिक गरेर आम नागरिकमा भ्रम सिर्जना नगर्न अनुरोध गदै यस्ता भ्रामक सूचनाले शान्ति सुरक्षा व्यस्थामा पुग्न सक्ने खलललाई मध्यनजर गदै सम्पूर्ण संचार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा अपिल गरेको छ।

साथै, कानुन विपरीत कुनै गतिविधि सञ्चालन भइरहेको सम्बन्धमा कसैसँग विश्वसनीय सूचना वा प्रमाण भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइ अनुसन्धानमा सहयोग गर्न तथा प्राप्त सूचनाको आधारमा कानून बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः