वीरगंजको मुख्य सडक सीमाभित्रका संरचना हटाउन अन्तिम चेतावनी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २

सडक डिभिजन कार्यालय हेटौंडाले वीरगंजको मुख्य सडक क्षेत्रमा पर्ने अवैध संरचना हटाउन अन्तिम चेतावनी जारी गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको अत्यन्त जरुरी सूचनामार्फत कार्यालयले त्रिभुवन राजपथअन्तर्गत सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा रहेका संरचना हटाउन निर्देशन दिएको हो ।

कार्यालयले सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने घर, टहरा तथा अन्य संरचना खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

सूचनाअनुसार सडक डिभिजन कार्यालयले २०८३ वैशाख ६ गतेदेखि सडक सीमा संरक्षणको अभियान सञ्चालन गर्दै आएको छ । तर हालसम्म पनि केही क्षतिग्रस्त भवनमा मानिसहरू बसोबास गरिरहेको तथा व्यापार–व्यवसाय सञ्चालन भइरहेको पाइएको कार्यालयले जनाएको छ ।

जोखिमयुक्त भवनहरू तत्काल खाली गर्न आग्रह गर्दै कार्यालयले सूचनाको अवज्ञा गरी कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरेको छ ।

साथै सडक सीमाभित्र बाँकी रहेका संरचना पाँच दिनभित्र स्वेच्छाले नहटाए सडक ऐन, २०३१ बमोजिम कार्यालय आफैंले भत्काउने तथा हटाउने चेतावनी दिइएको छ ।

सम्बन्धित पोस्टहरुः