search

सनी देओलको घर लिलामी बारे के बोले ?

पढ्न छुटाउनुभयो ?

वीरगंज
बलिउड अभिनेता सन्नी देओलले मङ्गलवार बैंक अफ बडोदाको सम्पत्ति लिलामीबारे नोटिसमा बयान दिन अस्वीकार गरे । उनले भने, ‘यो व्यक्तिगत कुरा भएकाले म टिप्पणी गर्न चाहन्नँ ।’
बैंक अफ बडोदाले अभिनेता र भाजपा सांसद सन्नी देओलको मुम्बईमा रहेको जुहू बंगलाको लिलामीको लागि नोटिस जारी गरेको थियो । तर भोलिपल्टै बैंकले ‘प्राविधिक कारण’ भन्दै सूचना फिर्ता लिएको थियो । बैंकले ५६ करोड ऋण ई–अक्सनमार्फत असुली गर्न सूचना जारी गरेको थियो । यो लिलामी अगस्ट २५ मा हुने थियो ।

बैंकले पन्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैङ्क अफ बडोदाको ५५.९९ करोड भारतीय रुपैयाँको ऋण तिर्न नसकेकोले यो सम्पत्ति ई–लिलामी गरिने बताएको थियो ।
तर, मङ्गलवार बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ सन्नी देओल’ को सम्पत्तिको ई–लिलामीको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ ।

 

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads