बारामा १८ वर्षपछि हत्याका आरोपी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ३ –

बारा प्रहरीले १८ वर्षअघि भएको हत्या प्रकरणका फरार आरोपीलाई पक्राउ गरेको जनाएको छ।

बाराको गाविस–४ हाल फेटा गाउँपालिका–४ बारा टोलका ४५ वर्षीय गोपाल मुखिया बिनको हत्या घटनामा संलग्न रहेका विशेष महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको हो।

प्रहरीका अनुसार पुरानो रिसइबीका कारण २०६७ माघ २७ गते रामदेव महतोका छोरा विशेष महतोले ३८ वर्षीय गोपाल मुखिया बिनको घाँटी काटी हत्या गरेका थिए।

घटनापछि फरार रहेका महतोलाई २०८३ असार ४ गते पक्राउ गरी अनुसन्धान सम्पन्न भएपछि बारा जिल्ला अदालतको २०८३ असार २ गतेको आदेशअनुसार पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः