विश्वकपमा अस्ट्रियाद्वारा जोर्डन ३–१ ले पराजित

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ३ –

फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई ३–१ गोलले पराजित गरेको छ ।

अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अस्ट्रियाले २१औँ मिनेटमा रोमानो स्मिडको गोलमार्फत अग्रता लिएको थियो ।

दोस्रो हाफको ५०औँ मिनेटमा अली ओलवानले गोल गर्दै जोर्डनलाई बराबरीमा ल्याएका थिए । तर ७६औँ मिनेटमा याजन अल अरबको आत्मघाती गोलबाट अस्ट्रिया पुनः अग्रतामा पुगेको थियो ।

इन्जुरी समयमा मार्को अर्नाटोभिचले पेनाल्टीमार्फत गोल गर्दै अस्ट्रियाको जित ३–१ ले सुनिश्चित गरे ।

यस जितसँगै समूह ‘जे’ मा अस्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ । विश्वकपमा आज राति पौने ११ बजे पोर्चुगल र कङ्गोबीच खेल हुँदैछ ।

सम्बन्धित पोस्टहरुः