मनसुन विपद्का लागि उच्च सतर्कता, हेलिकप्टरसहित सबै संयन्त्र तयारीमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ४ –

गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर सरकारले आवश्यक तयारी तीव्र बनाएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढी, पहिरोलगायतका विपद्का बेला नागरिकको सुरक्षाका लागि हेलिकप्टरसहित सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गरिने जानकारी दिए।

गृहमन्त्री गुरुङले औपचारिक निरीक्षणभन्दा नागरिकको प्रत्यक्ष सुरक्षा, उद्धार र राहतलाई केन्द्रमा राखेर काम गरिने बताए। उनका अनुसार विपद्का समयमा राजमार्ग अवरुद्ध भए तत्काल सडक खुलाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको छ।

सडक खुलाउन आवश्यक डोजर तथा उपकरणको अवस्थाबारे जानकारी दिने विशेष डिजिटल एपसमेत विकास गरिएको उनले बताए। उक्त प्रणालीमार्फत नजिकै रहेका उपकरण तत्काल परिचालन गरी सडक अवरोध हटाइने र यात्रुहरू अलपत्र पर्ने अवस्था न्यूनीकरण गरिने विश्वास व्यक्त गरे।

भर्खरै

सम्बन्धित पोस्टहरुः