रौतहट, ४ असार ।
फतुवा विजयपुर नगरपालिकामा बुधवार राति अज्ञात चोर समूहले तीनवटा घरमा सुरूङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपियाँँ बराबरको नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन्।
वडा नं. ६ मोतिपुरटोलका रामप्रसाद यादव, तेजनारायण यादव र स्वर्गीय गजेन्द्र सहनीको घरमा चोरहरूले पालैपालो सुरूङ्गमार्पmत प्रवेश गरी चोरी गरेको प्रहरीले जनाएको छ। परिवारका सदस्यहरू गहिरो निद्रामा रहेका बेला भएको घटनामा रामप्रसाद यादवको घरबाट नगद दुर्ई लाख ८० हजार रुपियाँँ तथा करिब दुर्ई लाख ४० हजार रुपियाँँ बराबरको सुनको मंगलसूत्र र हनुमानी चोरी भएको पीडित परिवारले जनाएको छ।
यसैगरी तेजनारायण यादवको घरबाट करिब २० हजार रुपियाँँ मूल्य बराबरका बालबालिकाले लगाउँने तीन थान चाँदीका बाला चोरी भएको छ । चोरहरू सहनीको घरभित्र समेत प्रवेश गरे पनि त्यहाँबाट कुनै सामान लैजान नसकेको स्थानीयले बताएका छन् ।
बिहीवार बिहान इलाका प्रहरी कार्यालय विजयपुरको टोली घटनास्थल पुगेको थियो । वडा नं. ६ का अध्यक्ष राम एकवाल यादवका अनुसार ट्रंक र बाकसाका तालामा तोडफोडको स्पष्ट चिन्ह नदेखिएकाले चोरहरूले नक्कली चाबी प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।







