कक्षा १२ को नतिजा सार्वजनिक

1200x150_1200x150-01.jpg (1)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आज (शुक्रबार) बसेको बोर्डको बैठकले गत वैशाख १४ गतेदेखि सञ्चालन भएको परीक्षाको नतिजा औपचारिक रूपमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

यस वर्षको परीक्षामा मुलुकभरबाट कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थीहरू सहभागी भएका थिए । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सहभागी परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएका छन् । बोर्डका अनुसार परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको आधिकारिक वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत सजिलै हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

click link to see result
https://neb.ntc.net.np/
SMS
Type NEB < space > SYMBOL and Send it to 1600

सम्बन्धित पोस्टहरुः