नक्कली स्वास्थ्य प्रतिवेदन बनाउने दुई चिकित्सक पक्राउ

1200x150_1200x150-01.jpg (1)

नेपालगञ्ज, असार ५ –

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न तथा नवीकरणका लागि आवश्यक स्वास्थ्य परीक्षणमा अनियमितता गरेको आरोपमा नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयबाट दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्वास्थ्य परीक्षण नगरी प्रतिव्यक्ति २०० रुपैयाँ लिएर निरोगिताको प्रमाणपत्र वितरण भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो। स्थलगत अनुगमनका क्रममा अनियमितता पुष्टि भएपछि दुई चिकित्सक र तीन जना बिचौलियालाई नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः