असार ७ देखि वीरगंजको मुख्य सडकमा फेरि डोजर चल्ने

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ५ –

त्रिभुवन राजपथअन्तर्गत वीरगंजको मुख्य सडक क्षेत्रमा भत्काउन बाँकी रहेका घर तथा भवनमा आइतबारदेखि पुनः डोजर चलाइने भएको छ। सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाले मितेरी पुलदेखि गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका बाँकी संरचना हटाउने तयारी गरेको हो।

पहिलो चरणमा गत वैशाख ६ र ७ गते करिब एक हजार २०० घर तथा भवनमा आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसपछि २५ दिनभित्र संरचना खाली गर्न आग्रह गरिए पनि अधिकांश घरधनीले संरचना नहटाएपछि विभागले दोस्रो चरणको हटाउने अभियान सुरु गर्न लागेको हो।

यसका लागि सडक डिभिजन हेटौंडाले शुक्रबार वीरगंज महानगरपालिकालाई पत्राचार गर्दै आवश्यक सहयोग गर्न अनुरोध गरेको छ। यसअघि पनि विभागले सूचना जारी गरी पाँच दिनभित्र घरधनीले आफैं संरचना नहटाए कानुनबमोजिम हटाइने चेतावनी दिएको थियो।

घण्टाघर, माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै सडक सीमाभित्र रहेकाले आइतबारदेखि पुनः डोजर परिचालन गरिने भएको हो।

सम्बन्धित पोस्टहरुः