वीरगंजका मेनरोड बासिन्दाद्वारा सिटी जुलुस प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ६ असार ।
वीरगंज मेनरोड क्षेत्रमा सरकारले गरेको घर संरचना हटाउने कारबाही पछि प्रभावित स्थानीय बासिन्दाहरूले शनिवार साँझ सिटी जुलुस निकालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।
आदर्शनगर चौकबाट शुरू भएको उक्त जुलुसमा प्रदर्शनकारीहरूले पुनर्वास तथा क्षतिपूर्तिको माग उठाएका छन।
सिटी जुलुसका क्रममा सहभागीहरूले “हाम्रो घर सुरक्षित गर, डोजर आतंक बन्द गर, सुकुम्बासी बनाउन पाउदैन, जनतालाइ उठिबास गराउन बन्द गर, हामीलाइ न्याय चाहिन्छ, मेनरोडलाइ शहरी सडक घोषणा गर, एतिहासिक शहरको सम्मान गर” जस्ता नारा लगाउँँदै घण्टाघर पुगेर कोणसभामा परिणत हुदै आफ्ना मागहरू प्रस्तुत गरेका थिए।
सरकारी निकायले सञ्चालन गरेको हटाउने कार्यका क्रममा उनीहरूको घर तथा संरचनामा क्षति पुगेको छ र उचित व्यवस्थापनबिना गरिएको यस्तो कारबाहीले देशकै प्रवेशद्वार एवं आर्थिक नगरी वीरगंजको ऐतिहासिकता तहस नहस र उनीहरूको जीवनमा गम्भीर समस्या उत्पन्न भएको भन्दै उनीहरूले तत्काल क्षतिपूर्ति, वैकल्पिक व्यवस्था तथा मानवतामूलक समाधानको माग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः