बारामा डुबेर दुई बालिकाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ६ असार ।
दुई जना बालिका पोखरीमा नुहाउने क्रममा डुबेर मुत्यु भएको बारा प्रहरीले जनाएको छ ।
शनिवार दिउंसो १ः३० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.–६ पर्सा टोल बस्ने दिपेन्द्र साहको हास पाल्ने पोखरीमा दुई बालिकाहरू नुहाउने क्रममा डुबेका थिए। उनीहरुको अवस्था चिन्ताजनक भएपछि उपचारको लागि प्रादेशीक अस्पताल कलैया बारामा ल्याइएकोमा डाक्टरले दुबैजना बालकालाई इसिजी गर्दा दिउंसो २ बजेको समयमा दुबै जना बालिकाको मृत्यु भइसकेको स्थायी प्रहरी पोष्ट बसपार्क, बाराले जनाएको छ । प्र.ना.नि.बिमलेश यादबको कमाण्डमा टोली खटेर घटनास्थलको अनुसन्धान गरिएको तथा जि.प्र.का.बारा बाट प्र.नि. राजाबाबु ठाकुरको कमाण्डमा सोको सहितको टोलीले अ.प्र.पोष्ट बसपार्क बाराबाट १ किलोमिटर पूर्व–पश्चिममा बालिकहरू मृत भेटिएको हो ।
बारा जिल्ला कलैया उ.म.न.पा.६ पर्सा टोल बस्ने बिजय मण्डलको छोरी वर्ष ६ की सृजना कुमारी मण्डल र संजय मण्डलको छोरी वर्ष ५ की अन्जली कुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ
आजै राति ८ बजे प्रादेशिक अस्पताल कलैया बाराबाट पोस्टमार्टमपश्चात मृतक सृजना कुमारी मण्डलको लाश बुबा बिजय मण्डल र मृतक अन्जली कुमारी मण्डलको लाश बुबा संजय मण्डलले बुझिलगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः