प्रधानमन्त्री शाह चितवनमा, रास्वपाको पहिलो महाधिवेशन आजदेखि

1200x150_1200x150-01.jpg (1)

चितवन, असार ८ —

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्। आज दिउँसो २ बजे सुरु हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशन पर्सि मंगलबारसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देश तथा विदेशबाट झन्डै ४ हजार प्रतिनिधि तथा नेता–कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको छ। पार्टीले सदस्य संख्या ५ लाख पुगेको दाबी गरेको छ।

हिजो बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव अनुमोदन गरिसकेको छ। बन्दसत्र उद्योग संघ चितवनको सभाहलमा हुनेछ। महाधिवेशनले १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ भने विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

सम्बन्धित पोस्टहरुः