रास्वपाको महाधिवेशन सफलताको कामना गरे गगन थापा

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, असार ८ —

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा पार्टी सभापति रवि लामिछानेसहित सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले छोटो अवधिमै उल्लेखनीय जनसमर्थनसहित रास्वपाले राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको बताएका छन्। उनले रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय भनेका छन्।

थापाले महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन्। लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टी थप स्पष्ट, जवाफदेही र उत्तरदायी बन्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

सन्देशको अन्त्यमा थापाले रवि लामिछानेको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको सफलताको कामना गर्दै ‘जय नेपाल’ उल्लेख गरेका छन्।

सम्बन्धित पोस्टहरुः