२० वटा चौपाया र पिकअपसहित दुईजना पर्सा प्रहरीको नियन्त्रणमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार ८ —

पर्साको जगरनाथपुर गाउँपालिका–३ पाँडेपुरबाट प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको आशंकामा २० वटा चौपाया र एक पिकअप गाडी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बागमती प्रदेश ०३–००१ च १४८५ नम्बरको पिकअप गाडीमा लोड गरिएको अवस्थामा १५ वटा बाख्रा, ४ वटा खसी र १ वटा बोका गरी कुल २० वटा चौपाया फेला परेका हुन्।

प्रहरीले गाडीमा सवार दुई जनासहित चौपाया नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ। प्रहरीले भारतबाट भन्सार राजस्व छलेर नेपाल भित्र्याइएको प्रारम्भिक आशंका गरेको छ।

सम्बन्धित पोस्टहरुः