सातौँ भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना

1200x150_1200x150-01.jpg (1)

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ७ असार।
“सातौँ भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम वीरगंजस्थित आइसिपीको कार्यालयमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले भन्सारको भूमिका केवल वस्तुको जाँचपासमा सीमित नभई यात्री आवागमन (प्यासेन्जर मुभमेन्ट) लाई समेत सहज र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए। उनले हालसम्म यात्री व्यवस्थापन र सहजीकरणको पक्ष अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गरे।
टेमानीले व्यवसायीहरूको गुनासो सुनुवाइ तथा समस्या समाधानका लागि द्रूत र प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए।
अन्तरक्रियामा भन्सार सुधारको विकासक्रम योजना तर्जुमा प्रक्रिया, रणनीतिक संरचना, रूपान्तरणका क्षेत्र, कार्ययोजनाको संरचना, कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमानलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख, मोहन क्षेत्री (सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति), भन्सारका डीएसपी विकास अधिकारी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति अशोक वैद्य लगायत विभिन्न सरकारी निकाय, निजी क्षेत्र, भन्सार एजेन्ट तथा कर्मचारीहरूको उल्लेखनीय सहभागीता रहेको थियो।

सम्बन्धित पोस्टहरुः