हिरासतभित्र धम्की दिएको आरोप, गृहमन्त्रीविरुद्ध आयोगमा उजुरी

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, असार ९ —

शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी हिरासतभित्रै प्रवेश गरी मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा उजुरी दर्ता गर्दै राज्यका जिम्मेवार व्यक्तिबाटै मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।

निवेदनमा उल्लेख भए अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादका विषयमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए। पछि सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएका उनीहरूमाथि हिरासतभित्रै अनधिकृत रूपमा प्रवेश गरी धम्की र दुव्र्यवहार गरिएको आरोप छ।

उजुरीमा घटनाको निष्पक्ष छानबिन, सीसीटीभी फुटेज र अभिलेख सुरक्षित राख्नुपर्ने तथा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ।

सम्बन्धित पोस्टहरुः