वीरगंज , असार ९ —
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको दाबी गरिएको छ।
विभागसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले सेयर कारोबार र सम्पत्तिको स्रोतबारे भइरहेको अनुसन्धानका क्रममा पौडेललाई नियन्त्रणमा लिइएको उल्लेख गरेका छन्।
पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई त्यहीँबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याउने तयारी भइरहेको दाबी गरिएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ।
घटनाबारे सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरी वा नेकपा एमालेको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।






