पतिको खोजीमा काठमाडौंकी यमुना वीरगंजमा भौतारिदैँ

1200x150_1200x150-01.jpg (1)

वीरगंज
काठमाडौं चावहिलकी यमुना बस्नेत अहिले एक महिनादेखि वीरगंज आसपासमा भौतारिदै छिन् । आफना श्रीमानलाई खोज्न उनी विहान ६ बजेदेखि अबेर राति सम्म उनी पर्सा–बाराको विभिन्न ठाउँमा पुग्ने गरेको बताइन् । वीरगंजको सीमावर्ती शहर रक्सौल आसपासमा पनि उनले आफनो श्रीमानलाई खोजेको बताइन् । ‘ म पागल भएर दिनरात खोजिरहेको छु,खाना पनि रुच्दैन,आँखाबाट आशु सुक्दैन तर पनि उहाँ भेटनु भएको छैन,’ यमुनाले अनुहार मलिनो बनाउँदै भनिन्,‘ श्रीमान वेपत्ता भएको दुई महिना बितेछ,तर कुनै खबर छैन ।’

गत असार २ गते उनी काठमाडौंबाट वीरगंजको सुमोमा वीरगंज आएको साथीभाइबाट थापा पाएर उनी श्रीमानलाई खोज्न वीरगंज आएको बताइन् । काठमाडौंमा क्याफे सञ्चालन गर्दै आएका जीवन क्याफेको समान किन्न बजार जाँदैछु भनेर विहान ६ बजे क्याफेबाट निस्केका थिए । त्यसको केही घण्टापछि जीवनको मोबाइल अफ भएको थियो । काठमार्डौ प्रहरीमा उजुरी दिदाँ कल ट्रेस गर्दा पनि उनको लोकेशन वीरगंज पत्ता लागेको छ । त्यसैकारण उनी वीरगंज आएर आफनो पतिलाई खोजिरहेको सुनाउँदै देख्नु हुनेले नजिकको प्रहरी वा आफनो व्यक्तिगत नम्बर ९८०३०६९७३३ मा जानकारी गराउन अपिल गरेकी छन् । वीरगंज,जितपुर,सिमरा,पथलैया,निजगढ,कलैया,गढिमाई बन्दिर बरियारपुर,लगायत थुपै्र ठाउँ र मठ मन्दिरमा उनी खोजविन गरेको तर केही नतिजा नआएकोले सर्वसधारणसंग श्रीमानको खोजविनमा सहयोग गर्न आग्रह गरिन् ।

सम्बन्धित पोस्टहरुः