विद्यालय गएका गौतम बेपत्ता

1200x150_1200x150-01.jpg (1)

महोत्तरी, ८ असार : जलेश्वर नगरपालिकाको– १२, थरुवाही गाउँबाट विद्यालय गएका गौतम यादव जेठ ७ गतेदेखि बेपत्ता छन् ।

थरुवाही गाउँ बस्ने बुवा आशुतोष यादव र आमा पुनम यादवका छोरा बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुलमा पढ्न गएदेखि घर फर्केका छैनन् ।

कक्षा चारमा पढ्ने गौतम त्यस दिन विद्यालय पोसाक, झोला र चारथान कापी बोकेर साइकलबाट विद्यालय गएका थिए । जेठ ८ गते खोजतलाशका लागि बाबु आशुतोष यादवले लिखित निवेदन दिएपछि प्रहरीले बालक गौतमको खोजतलाश गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताउनुभयो ।

सम्बन्धित पोस्टहरुः