रास्वपाको बन्दसत्र आज २ बजेदेखि शुरु हुदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ९ —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि शुरू हुने भएको छ। हिजो बिहान शुरू हुने तय गरिएको बन्दसत्र प्रतिनिधिको नामावली रुजु र परिचयपत्र छपाइमा समय लागेपछि एक दिन पछि सारिएको थियो।

रास्वपा चितवनका सभापति इन्जिनियर मिनीमाधव खनालका अनुसार परिचयपत्र वितरण कार्य शुरू भइसकेको छ र त्यसपछि बन्दसत्र सञ्चालन हुनेछ। भरतपुरको उद्योग सङ्घ प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा ३ हजार ८४९ प्रतिनिधि सहभागी हुनेछन्।

यसअघि भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन गरिएको महाधिवेशनमा पार्टीको नीति, संगठन र नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

सम्बन्धित पोस्टहरुः