१७ बोरा युरियासहित एकजना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ९ असार । इलाका प्रहरी कार्यालय पोखरिया र इलाका प्रहरी कार्यालय कालिकामाईको संयुक्त टोलीले कालोबजारी गरेको आरोपमा एक जनालाई १७ बोरा युरिया मलसहित नियन्त्रणमा लिएको छ ।
पर्साको कालिकामाई गाउँँपालिका–५ भेडियारी निवासी बिरेन्द्र प्रसाद चौरसियालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चौरसियाले सरकारी अनुदानको युरिया मल सङ्कलन गरी अवैध रूपमा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। अनुसन्धानका क्रममा चौरसियासहित १७ बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय पर्साबाट कालोबजारी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।
प्रहरीले सरकारी अनुदानमा उपलब्ध गराइने कृषि सामग्रीको दुरूपयोग तथा कालोबजारी नियन्त्रणका लागि निगरानी बढाइएको समेत जनाएको छ।

सम्बन्धित पोस्टहरुः