वीरगंज, १० असार।
आव २०८३/८४ को लागि पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाले १५औं गाउँसभामा ४९ करोड ७० लाख ७५ हजार रुपियाँ बराबरको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेको छ।
गाउँसभामा नगरपालिका उपाध्यक्ष सुष्माकुमारी कुशवाहा र प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी आगामी नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन्। गापा अध्यक्ष सिंगासन साह तेलीले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, युवा रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताए।
उनले स्थानीय आवश्यकतालाई केन्द्रमा राख्दै समग्र विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको बताए।
अध्यक्ष साहको अध्यक्षतामा सम्पन्न गाउँसभामा पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, वडा अध्यक्षहरू जितेन्द्र पटेल १ देखि, ९ वडाको अध्यक्ष ज्युहरू साह तथा कार्यपालिका सदस्यहरू बियय यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन जिन्सी शाखा प्रमुख रामबाबू पटेल गरेका थिए।






