वीरगंज, १० असार ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले २५ लाख ४० हजार ५४७।– बराबरको पिकअप सहित चौपाया, औषधी, किराना सामान, तरकारी र मदिरा बरामद गरि वीरगंज भंसार कार्यालयमा बुझाईएको छ ।
असार ९ गते पर्साको जगरनाथपुर गा.पा. १ पाण्डेपुरस्थित सीमा इलाकामा भारतबाट अबैध रूपमा भन्सार छलि ना. ३ च. १४६८ पिकअप गाडीमा लोड गरी नेपाल ल्याउदै गरेको रू. एक लाख ४,६००।– बराबरको दुहुना भैसी (१ वटा पाडासहित) १२ लाख मूल्यको पिकअप गाडी गरी जम्मा १३ लाख ४,६००।– बराबरको बरामद गरि आवश्यक कारबाहीको लागि आज वीरगंज भंसार कार्यालयमा बुझाएको छ । तस्कर भने भारततर्फ भागेको प्रहरीले जनाएको छ।
यसैगरी आश्वारी र पाण्डेपुर, ईनर्वा, छप्कैया, बहुअरी, अलौ सीमा इलाकाबाट १० लाख ६०,६६२।– बराबरको भैँसी, पाडा र पाडि, किटनाशक औषधी र मानिसले प्रयोग गर्ने औषधी बरामद गरि भंसार कार्यालयमा दाखिला गरेको छ ।
यसैगरी पर्साको ईनर्वा, मधवल इलाकाबाट ७५ लाख २८५।– बराबरको अवैध किराना सामान, डिजेल, मेडिकल ल्याबमा प्रयोग हुने मेशिन र तरकारी बरामद गरी वीरगंज भंसार कार्यालयमा बुझाईएको भने जगरनाथपुरको मुरैया नाकाबाट एक लाख बराबरको लैनो भैँसी (१ वटा पाडो सहित) बरामद गरी लिलामी प्रकृयामा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्र.ना.उ. मोहनराज निरौलाले जानकारी गराएका छन् ।







