पासपोर्टविहीन २४ बंगलादेशी नागरिक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ११ —

आवश्यक कागजात र वैध भिसा बिना नेपालमा बसोबास गरिरहेका २४ जना बंगलादेशी नागरिकलाई काठमाडौंबाट पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समयमा नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात तथा पासपोर्ट नभएका र पर्यटक भिसाको अवधि सकिएपछि पनि अवैध रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको जनाएको हो।

प्रहरीका अनुसार स्वयम्भू प्रहरी वृत्तबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ स्थित सितापाइला क्षेत्रमा रहेको एक कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार महतले जानकारी दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः