सशस्त्र प्रहरीको कर्डन एन्ड सर्च अप्रेशन १५८ किलो गाँजा ठोरीबाट बरामद

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ११ असार ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वार्टर पर्साले कर्डन एन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको जनाएको छ ।
असार ११ गते जिल्ला पर्सा ठोरी गा.पा.–४ मिलचौक स्थित रहेको गम्भीर श्रेष्ठको जस्ताले छाएको पक्की घरबाट १५८ के.जी. प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्र.ना.उ. मोहनराज निरौलाले जानकारी गराएका छन् ।

सीमा सुरक्षा गुल्म हेड क्वार्टर भिखमपुर र सुवर्णपुरका गुल्मपतिहरूको कमाण्डमा खटिएको ५४ जनाको टोलीले सो स्थानलाई कर्डन गरी नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधीलाई जानकारी गराई संयुक्त कारबाही संचालन गर्दा ११ वटा प्लाष्टिक र बोरामा पोको बनाई राखेको १५८ के.जी. प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको हो ।
गाँजा आबश्यक कारबाहीको लागी नेपाल प्रहरीद्वारा नियन्त्रणमा लिएको र गम्भीर श्रेष्ठ घरमा फेला नपरेको हुदाँ निजको नाबालाक २ वटा बच्चा भएकोले श्रीमती अस्मिता तामाङ श्रेष्ठलाई आवश्यक समयमा प्रहरी कार्यालयमा हाजिर हुने गरी ठोरी गा.पा.का अध्यक्ष लाल बहादुर श्रेष्ठको रोहबरमा छाडिएको सूचना अधिकारी निरौलाले जानकारी गराएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः