वीरगंज, ११ असार। वीरगंज म.न.पा.–१ सुकुम्बासी टोल स्थित रहेको ओकिल शाह तुराहा र मुक्तार शाह तुराहाको घरमा अबैध सामान भन्सार छली लुकाई छिपाई भण्डारण गरी राखिएको छ भन्ने सूचनाको आधारमा स.प्र.बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट सप्रनाउ सुरज कार्कीको कमाण्डमा खटिएको ५९ जनाको टोली र वीरगंज भन्सार कार्यालयका पर्साका ना.सु. बिरेन्द्र यादव सहितको संयुक्त टोलीले आवश्यक प्रक्रिया पूरा गरि छापामारी गरेको थियो।
निज ओकिल शाह तुराहा र मुक्तार शाह तुराहाको घरमा घरमा लुकाई छिपाई राखेको रू.१ लाख ८२,७००।– बराबरको ४ पोका कपडा बरामद गरी आवश्यक कारबाईको लागी वीरगंज भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्साका सुचना अधिकारी स.प्र.ना.उ.मोहनराज निरौलाले जानकारी गराएका छन्।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वार्टर पर्साले १७ लाख ८५,१७०।– बराबरको अवैध सामानसहित एकजनालाई पक्राउ गरी वीरगंज भंसार कार्यालयमा दाखिला गरेको छ।
बिहीवार वीरगंज म.न.पा.१ छपकैया सीमा इलाकामा बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलीलाई देखि भारतबाट अवैध रूपमा भन्सार छली मधेश प्रदेश ०३ – ००१ ह. १९६९ नम्बरको ई–रिक्शामा राखी नेपाल ल्याउँदै गरेको रू.१ लाख ०९,८२०।– बराबरको कपडा र रू.चार लाख बराबरको ई–रिक्शा वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी वीरगंज म.न.पा.– १६ स्थित एन्जी गेटमा सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट खटिएको टोलीले नेपालबाट भारत लैजादै गरेको मधेश प्रदेश ०३–००१ ह ३२८४ नम्बरको ई–रिक्सा र टाँगामा लोड गरि लैजादै गरेको अवस्थामा मुल्य रू. ५ लाख ८०,९००।– बराबरको ई–रिक्सा, टाँगा सहित घोडा र स्याउ बरामद गरी आवश्यक कारबाईको वीरगंज भंसार कार्यालयमा बुझाईएको छ।
पर्सा जिल्लाको बिन्दाबासिनी गा.पा.४ मधवल सीमा इलाकामा विओपी प्रसौनिभाट्टाबाट खटिएको टोलीले अवैध रूपमा नेपालबाट भारततर्फ टाउकोमा बोकी लैजादै गरेको अवस्थामा मुल्य रू.१६,३५०।– बराबरको स्याउ सहित भारत घर भएका वर्ष २३ को अश्लाम आलमलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ।
सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले जिल्ला पर्सा जगरनाथपुर गा.पा. –२ दसौता सीमा इलाका र नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलीले वीरगंज बसपार्क इलाकाबाट ८६ हजार ९००।– बराबरको एउटा प्रिन्टर, कपडा र मदिरा बरामद गरी वीरगंज भन्सार कार्यलयमा बुझाईएको छ।
यसैगरी असार १० गते जिल्ला पर्सा वीरगंज म.न.पा.–१६ स्थित मितेरी पुलमा सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले मुल्य रू ४ लाख ०८,५००।– बराबरको प्रदेश २–०३–००१ ह ९५८ नम्बरको ई–रिक्सा सहित स्याउ र टेन्टको कपडा बरामद गरी आज वीरगंज भंसार कार्यालयमा बुझाईएको छ।







