वीरगंज, असार १२ —
झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
बिहीबार साँझ रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी लोड गरिएको टिपरले स्थानीय १० वर्षीया अनुकृती चापागाईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्दै अगाडिको सिसा फुटाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







