खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिला घाइते

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १२ —

बाराको कलैया उपमहानगरपालिका–२७ बरवास्थित एक महिलालाई खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर घाइते भएकी छन्।

स्थानीय शिवनाथ सहनीकी ४२ वर्षीया श्रीमती लिलावती देवीलाई आफ्नै खेतमा जडान गरिएको विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।

घटनापछि घाइते देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको छ।

सम्बन्धित पोस्टहरुः