अन्जलीको स्वास्थ्योपचारप्रति रास्वपाका क्षेत्रीय सभापति मियाँको चासो

1200x150_1200x150-01.jpg (1)

पर्सा, असार १२ –

उच्च ज्वरोका कारण सिकिस्त बिरामी भई वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेकी पर्साको पर्सागढी नगरपालिका–९ की २३ वर्षीया अन्जली सहनीलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति फैयाज मियाँले स्वास्थ्योपचारप्रति चासो राखेका छन्।

उनले अस्पताल प्रशासनसँग बिरामी सहनीको उपचारमा कुनै किसिमको कमी नगर्न आग्रह गरेका हुन्।

सिकिस्त बनेकी सहनीलाई अब काठमाडौं लगेर उपचार गराउने तयारी परिवारजनले गरेका छन्।

सम्बन्धित पोस्टहरुः