वीरगंजमा मोहर्रम पर्व शान्तिपूर्ण रूपमा मनाइयो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १२ —

इस्लाम धर्मावलम्बीहरूले शुक्रबार वीरगंजमा धार्मिक आस्था र उत्साहका साथ मोहर्रम पर्व मनाएका छन्। पर्वका अवसरमा विभिन्न स्थानबाट ताजियासहितको झाँकी निकालिएको थियो।

लठ्ठी प्रदर्शन र धार्मिक सांस्कृतिक प्रस्तुति सहित निकालिएको ताजिया घण्टाघर चोक हुँदै आदर्शनगर पुगेको थियो। पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन बिहानैदेखि वीरगंजका विभिन्न स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो।

इस्लामी नयाँ वर्ष १४४८ हिजरीको प्रारम्भसँगै मनाइने मोहर्रम मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्व हो। दस दिनसम्म श्रद्धा र सम्मानका साथ मनाइने यो पर्व वीरगंजमा यस वर्ष पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ।

सम्बन्धित पोस्टहरुः