एआईबाट चल्ने ‘सिन्हवा युडियन’ को औपचारिक शुरूवात

1200x150_1200x150-01.jpg (1)

बेइजिङ, १२ असार : चिनियाँ समाचार संस्था सिन्हवा न्यूज एजेन्सीले शुक्रवार बेइजिङमा ‘सिन्हवा युडियन’ नाम दिइएको एआईबाट चल्ने ‘न्युजबोट’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
यो ‘न्युजबोट’ ले सिन्हवाको आफ्नै स्वामित्वको तथ्याङ्क र अत्याधुनिक प्रविधिको प्रयोग गरी उच्च विश्वसनीय एआईबाट सञ्चालित सामग्री उपलब्ध गराउनेछ । यसले प्रयोगकर्ताहरूलाई अध्ययन, अनुसन्धान र लेखन कार्यमा सहयोग पु¥याउने बताइएको छ ।
यो परियोजना कृत्रिम बौद्धिकताको युगलाई अँगाल्ने सिन्हवाको सक्रिय प्रयास हो,” न्यूजबोटको औपचारिक सार्वजनिक गर्ने कार्यक्रममा सिन्हवाका अध्यक्ष फु हुआले भन्नुभयो ।
“‘सिन्हवा युडियन’ केवल एक ज्ञान बाँड्ने उपकरण मात्र होइन, यो एउटा यस्तो प्लेटफर्म पनि हो जसलाई सिन्हवाले प्रयोगकर्ताहरूसँग मिलेर निरन्तर नमूना प्रशिक्षण र अनुकूलन मार्पत विकास गर्न चाहन्छ । यसमा राजनीतिक सिद्धान्त, मुख्यधाराको मूल्य, उन्नत संस्कृति र आधिकारिक जानकारीमा विशेष जोड दिइएको छ,” अध्यक्ष फुले भन्नुभयो ।
यो न्युजबोटमा एआई च्याट, सदस्यता तथा सूचनाहरू, ज्ञान कार्यस्थल र एआई सहायक क्षेत्रजस्ता चार मुख्य कार्यात्मक इकाईहरू छन् । यसले सिद्धान्त अध्ययन, स्रोत सङ्कलन, समाचार सिफारिस गर्ने, समाचारवारे प्रश्नोत्तर, सूचना प्रमाणीकरण, मुद्दा विश्लेषण र लेख तयार पार्ने गरी प्रमुख सात कार्यहरू गर्ने बताइएको छ । (रासस/सिन्हवा)

सम्बन्धित पोस्टहरुः