पर्सा र बाराका छजना रास्वपा केन्द्रिय सदस्यमा निर्वाचित

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १२ असार ।
पर्साबाट तीन जनाले उम्मेदवारी दिएकोमा दुईजना राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रिय सदस्य चयनका लागि बुधवार भएको निर्वाचनमा पर्साबाट बारा क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी, नेतृ सुनिता चौधरी र युवा नेता रामबाबु कुमार सिंहले उम्मेदवारी दिएका थिए । तीमध्ये अन्सारी र चौधरी केन्द्रिय सदस्यमा निर्वाचित भए भने सिंह पराजित हुन पुगे । अन्सारी बारा क्षेत्र नम्बर ४ को सांसद भएपनि उनी पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १४ का स्थायी बासी हुन्।
केन्द्रीय सदस्यमा मुस्लिम कोटाबाट उम्मेदवारी दिएका अन्सारी १ हजार ४७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै केन्द्रिय सदस्यमा निर्वाचित चौधरी पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर १ धोरे निवासी हुन् । केन्द्रिय सदस्यमा भुगोलतर्प मधेस प्रदेशबाट उम्मेदवारी दिएकी उनी १ हजार ३०७ मतसहित निर्वाचित भएकी हुन् ।
केन्द्रिय सदस्यमा पराजित भएका रामबाबु कुमार सिंहले भने ३ सय ९७ मा मात्रै पाए । केन्द्रिय सदस्यमा उनले पनि भुगोलतर्प मधेस प्रदेशबाट उम्मेदवारी दिएको रास्वपा पर्साका सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले जानकारी दिए ।
यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अरविन्द साह मधेशी समूहतर्फ ९ सय ६४ मत र ६ वटा प्रवास गरी जम्मा ८ सय ७० मतले निर्वाचित भएका छन।
बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद रहबर अंसारी मुस्लिम समुहतर्पm एकहजार २५ मत र प्रवासतर्प २२ गरी जम्मा एकहजार ४५ मतले निर्वाचित भएका छन।
मधेशी समुहतर्प बब्लु गुप्ता (१४४५ मत), दिपक कुमार साह (८९३ मत), जुली यादव (११९५ मत) र कामिनी कुमारी चौधरी (१११४ मत) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।

सम्बन्धित पोस्टहरुः