search

spot_img
spot_img

अहिलेका पत्रकार तस्करीको समाचारमा केन्द्रित भए–अनुप तिवारी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले अहिलेका युवा पत्रकार तस्करी र भन्सारका समाचारमा मात्र केन्द्रित रहेको भन्दै त्यसलाई सच्चिन आग्रह गरे । युवाहरुको संजालद्वारा संचालित वीरगंज संजाल डट कमको पाँच वर्ष, वीरगंज संजाल पत्रिकाको दोश्रो तथा संजाल राष्ट्रिय दैनिकको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । केही पत्रकारको उदहारण दिदै दुई वर्षको फेसबुक पेज पल्ट्याएर हेर्दा उनको सेयरमा तस्करी बाहेकका अन्य समाचार नै हेर्न नमिल्ने कुरा उनले औल्याए । लेखन सुधार गर्दै समाजमा रहेका विकृति, भ्रष्टचारका निम्ति कलम चलाउन आजको युवा पत्रकारको आवश्यकता रहेको कुरामा उनको जोड थियो ।
अबका पत्रकारलाई लेखन सँगसँगै भिडियो सामाग्री समेत उत्पादन गर्न तर्फ केन्द्रित गर्न आवश्यक रहेको भन्दै अर्काको भिडियो सेयर गर्नुभन्दा पनि आफ्नै उत्पादन तर्फ ध्यान दिन जरुरी रहेको पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारीले बताए ।
सक्रिय युवाहरु कै संजाल भएको वीरगंज संजाललाई अब भिडियो हाउस बनाउने तर्फ केन्द्रित भएर काम गर्न सुझाव दिदै नेपाल पत्रकार महासंघले सक्दो सहयोग गर्ने आश्वासन महासंघका अध्यक्ष तिवारी दिए ।
कार्यक्रममा विशिष्ट अथितिको रुपमा रेडियो विन्दासका प्रबन्ध निर्देशक तथा वीरगंज संजाल पत्रिकाका सम्पादक आर.सी. यादवले सम्बोधन गर्दै वीरगंज संजालले छोटो समयमा पाठकवर्गको मन जित्दै राम्रो सफलता हासिल गरेकोमा धन्यावाद ज्ञापन गर्दै शुभकामना दिए । कार्यक्रममा वीरगंज संजाल पत्रिकाका सम्पादक आर.सी. यादव, संजाल राष्ट्रिय दैनिकका सम्पादक एस.के. पण्डित, सह–सम्पादक रन्जित यादव लगायत रौतहट समाचारदाता कुमार चन्दन, बारा जिल्ला सम्वादता सिकिन्द्र साह, ग्रामिण सम्वादाता राजन बानिया, भिडियो सामाग्री उत्पादन गर्ने उपेन्द्र साह, श्रृती साह, राज पासवान, फोटो पत्रकार विजय ठाकुर, समाचार संवादता तथा प्रविधिक रामनिवास पटेललाई सम्मान गरिएको थियो । वीरगंज संजालका संचालक कृष्ण श्रीवास्तवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य तथा संचालन वीरगंज संजालका संयोजक नरेन्द्र कुमारले गरेका थिए ।

 

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads