गृहमन्त्री गुरुङको बारा–पर्सा सीमा नाकामा छड्के अनुगमन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १३ —

गृहमन्त्री सुदन गुरुङले शनिबार बारा र पर्साका विभिन्न सीमा नाकामा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले सामान्य पोसाक, मास्क र चस्मा लगाएर स्थानीयसँग सीमापार तस्करीबारे प्रत्यक्ष जानकारी लिएका थिए।

सार्वजनिक भएको भिडियोमा स्थानीयले सशस्त्र प्रहरीका एक डिएसपीकै मिलेमतोमा तस्करी भइरहेको आरोप लगाउँदै नाकामा जडान गरिएका सिसी क्यामराको आडमा अवैध गतिविधि हुने गरेको गुनासो गरेका छन्। त्यसपछि गृहमन्त्रीले सिसी क्यामराको निगरानी कहाँबाट हुने भन्नेबारे जिज्ञासा राखेका थिए। स्थानीयले यसको निगरानी जिल्ला प्रशासन कार्यालयबाट हुने बताएका छन्।

रास्वपाको महाधिवेशन सकेर शनिबार बिहान वीरगंज आएका गृहमन्त्री गुरुङले सीमा नाकाको अनुगमन कहिले गरेका थिए भन्नेबारे बारा र पर्साका सुरक्षा अधिकारीहरूलाई समेत पूर्वजानकारी नभएको बताइएको छ। सार्वजनिक भिडियोमा देखिएको अनुगमन कुन सीमा नाकाको हो भन्ने भने खुलाइएको छैन।

भर्खरै

सम्बन्धित पोस्टहरुः