वीरगंज, असार १३ —
आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन्। विधेयक साउन १ गतेदेखि लागू हुनेछ।
विधेयकमाथिको छलफलमा सांसदहरूले बजेट कार्यान्वयन, न्यून पुँजीगत खर्च र करका दरबारे सरकारको ध्यानाकर्षण गराएका थिए।
अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पुँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्दै आयोजना पूर्वतयारीलाई प्रभावकारी बनाइने र खर्च बढाउन सम्बन्धित मन्त्रालयलाई रकमान्तरको अधिकार दिइने बताएका छन्।







