लायन्स क्लब अफ वीरगंजको अध्यक्षमा दिगम्बर थापा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ असार ।
लायन्स क्लब अफ वीरगंज परिवारको लायन वर्ष २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतवार होटल मकालुमा सम्पन्न भएको छ।
निवर्तमान अध्यक्ष नरोत्तम पाण्डेले निर्वाचित अध्यक्ष दिगम्बर थापालाई क्लबको माइन्युट बुक, आधिकारिक अभिलेख तथा आवश्यक कागजात हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पिएका थिए। लायन वर्ष २०२६–२७ का लागि नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको थापाले आगामी कार्यकालका लागि क्लबको वार्षिक परियोजना तथा कार्ययोजना प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका निवर्तमान अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालका डिस्ट्रिक्ट गभर्नर–इलेक्ट एमजेएफ लायन राम बिहारी पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का मल्टिपल को–अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बासु तिमल्सिना, जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, लायन श्याम गुप्ता, लायन तासी म्यामलगायत विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्य तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः