राष्ट्रिय धान दिवस आज मनाइँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १५ —

देशभर आज राष्ट्रिय धान दिवस धान रोपेर तथा दही–चिउरा खाएर मनाइँदैछ। असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वका रूपमा समेत मनाउने परम्परा रहेको छ।

किसानले खेतमा धान रोप्दै असारे भाका गाउँछन् भने अन्य पेसा–व्यवसायमा आबद्ध व्यक्तिले पनि दही–चिउरा खाएर यो दिन मनाउने गरेका छन्।

२०६२ सालदेखि राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको यो पर्वले कृषि र किसानको महत्त्व झल्काउँछ। यस वर्ष भने पर्याप्त वर्षा नहुँदा देशका धेरै स्थानमा धान रोपाइँ प्रभावित भएको छ भने केही क्षेत्रमा रासायनिक मल अभावको समस्या पनि देखिएको छ। यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले आवश्यक रासायनिक मलको पर्याप्त मौज्दात रहेको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः