भोजपुरी अवार्ड शो–२०२६ सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज -भोजपुरी भाषा, कला, सङ्गीत तथा चलचित्र क्षेत्रका सबअ्रष्टा र कलाकारहरूको योगदानको सम्मान गर्ने उद्देश्यले वीरगंजमा शनिवार राति भोजपुरी अवार्ड शो–२०२६ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष हीराकाजी महर्जनले भोजपुरी भाषा, कला, सङ्गीत तथा चलचित्र क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि यस्ता कार्यक्रमले कलाकारहरूलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने बताए ।

कार्यक्रममा भोजपुरी कला, सङ्गीत तथा चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका कलाकारहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । यस वर्ष सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्रकाश नेपाल, सर्वोत्कृष्ट गायकको अवार्ड सुनील पण्डित, सर्वोत्कृष्ट नवोदित गायकको अवार्ड सद्दाम हुसेन तथा राइजिङ स्टार गायकको अवार्ड प्रभात यादवले प्राप्त गरे । आइकोनिक परफर्मर अवार्ड सुशान्त सिंह ठाकुरीलाई प्रदान गरिएको थियो ।

त्यसैगरी, भोजपुरी कला र चलचित्र क्षेत्रमा दीर्घकालीन योगदानको कदर गर्दै अशोक प्रधान र हरिरत्न तुलाधरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड मेनुका रायमाझीले प्राप्त गरिन् ।

कार्यक्रममा कला, संस्कृति, सामाजिक तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । आयोजक संस्थाले आगामी दिनमा पनि भोजपुरी भाषा, कला, सङ्गीत तथा चलचित्र क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा कलाकारहरूको सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः