रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १७ —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले सोमबार शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र र घण्टी अङ्कित चिनो वितरण गरेका हुन्।

असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महाधिवेशनबाट रवि लामिछाने सभापति, स्वर्णिम वाग्ले र सोविता गौतम उपसभापति, विपीन आचार्य महामन्त्री तथा हरि ढकाल, असिम शाह र निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

पार्टी विधानअनुसार अब वरिष्ठ नेतासहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनीत गरिने व्यवस्था छ। शपथ ग्रहणपछि रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पनि सुरु भएको छ।

सम्बन्धित पोस्टहरुः