वीउवासंघद्वारा प्रप्रअसँग छलफल

1200x150_1200x150-01.jpg (1)

वीरगंज १७ असार ।
वीरगंज उद्योग वाणिज्य संघले वीरगंज महानगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
संघको सभाकक्षमा आयोजित कार्यक्रममा संघका अध्यक्ष हरि गौतमले प्रमुख प्रशासकीय अधिकृत बोहरालाई स्वागत गर्दै वीरगंजको व्यावसायिक तथा आर्थिक गतिविधिसँग सम्बन्धीत विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराएका हुन ।
अध्यक्ष गौतमले राजमार्ग क्षेत्रमा सवारी कर सङ्कलनको प्रक्रिया, कवाडी व्यवसायको नाममा भइरहेको अवैध कारोवार नियन्त्रण, वीरगंज महानगरपालिकाले भत्काइएका घरका घरधनीसँग घरपटी कर लिने वा नलिने विषयलगायत व्यवसायी तथा सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने विविध मुद्दामा महानगरपालिकाले स्पष्ट नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले संघका पदाधिकारीले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको बताउँदै कानुन र प्रचलित व्यवस्था अनुसार समस्याको समाधानका लागि महानगरपालिका सकारात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै वीरगंजको विकास, सुशासन तथा व्यवसायमैत्री वातावरण निर्माणमा महानगरपालिका सदैव प्रतिबद्ध रहने धारणा राख्नुभयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजी प्रसाद साह, कोषाध्यक्ष अनोज रूँगटा, सहकोषाध्यक्ष निरज अग्रवाल, सचिव प्रेमचन्द्र गोयल, सहसचिव नरेश टिबडेवाललगायत पदाधिकारीहरूले पनि आ–आफ्ना धारणा राख्दै व्यवसायीका समस्या समाधानका लागि महानगरपालिका र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको थियो ।

सम्बन्धित पोस्टहरुः