मोबाइल चोरीको आरोपमा ४ जनालाई डोरीले बाँधेर कुटपिट

1200x150_1200x150-01.jpg (1)

बारा, १८ असार -जिल्ला बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १६ स्थित टाँगिया बस्तीमा बालबालिकामाथि कुटपिट गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोबाइल चोरी गरेको आरोप लगाउँदै ती बालबालिकालाई सार्वजनिक चौतारामा रहेको बरको रूखमा डोरीले बाँधेर कुटपिट गरिएको थियो। घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय ६२ वर्षीया मिना राजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रनिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईबा रहेका छन्।

पक्राउ परेकाहरू विरुद्ध बालबालिकाको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः