तराईमा वर्षा न्यून, किसान चिन्तित

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १८ –

कोसी र मधेस प्रदेशका तराई क्षेत्रमा पछिल्ला केही दिनदेखि उल्लेख्य वर्षा हुन नसक्दा धान रोपाइँ प्रभावित हुने चिन्ता बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा छिटपुट वर्षा भए पनि व्यापक वर्षा हुने सम्भावना तत्काल देखिएको छैन।

मौसमविद्का अनुसार मनसुनको न्यूनचापीय रेखा हाल पश्चिम नेपालतर्फ सक्रिय रहेकाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मध्यमदेखि भारी वर्षाको सम्भावना छ भने पूर्वी तराईमा वर्षा कमजोर रहने अवस्था रहेको छ।

पर्याप्त वर्षा नहुँदा धान रोपाइँको मुख्य समयमा किसान चिन्तित बनेका छन्। यद्यपि, मौसम प्रणालीमा परिवर्तन भई न्यूनचापीय रेखा पूर्वतर्फ सरेपछि वर्षा बढ्न सक्ने अनुमान गरिएको छ।

विभागले पश्चिमका वर्षा प्रभावित क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम रहेकाले सतर्क रहन तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरुः