सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढ्यो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १८ –

नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १८० रुपैयाँले बढी हो। बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित पोस्टहरुः