सेनेगललाई हराउँदै बेल्जियम अन्तिम १६ मा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १८ –

फिफा विश्वकप २०२६ को नकआउट चरणमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।

अमेरिकाको सियाटल स्टेडियममा भएको खेलमा पहिलो हाफमा १–० ले अघि रहेको सेनेगलले दोस्रो हाफको सुरुमै अर्को गोल थप्दै २–० को अग्रता बनाएको थियो। तर बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै तीन मिनेटको अन्तरमा लगातार दुई गोल फर्काएर खेल २–२ को बराबरीमा ल्यायो।

निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्त्यतिर प्राप्त पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बेल्जियमले निर्णायक गोल गरेपछि ३–२ को रोमाञ्चक जित निकाल्यो।

यससँगै बेल्जियम राउन्ड अफ १६ मा प्रवेश गरेको छ भने सेनेगलको विश्वकप यात्रा नकआउट चरणमै समाप्त भएको छ।

सम्बन्धित पोस्टहरुः