विश्वकपमा गोल्डेन बुटको रोमाञ्चक प्रतिस्पर्धा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १८ –

फिफा विश्वकप २०२६ को नकआउट चरणसँगै गोल्डेन बुट अवार्डको प्रतिस्पर्धा पनि रोमाञ्चक बनेको छ। हालसम्म फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनेल मेसी समान ६–६ गोलसहित शीर्ष स्थानमा छन्।

इङ्ग्ल्यान्डका ह्यारी केनले डीआर कङ्गोविरुद्ध दुई गोल गर्दै आफ्नो गोल संख्या पाँच पुर्‍याएका छन्। नर्वेका एर्लिङ हालान्डको पनि पाँच गोल रहेको छ भने फ्रान्सका उसमान डेम्बेले र ब्राजिलका भिनिसियस जुनियरले समान चार गोल गरेका छन्।

नकआउट चरणका खेलसँगै उपाधि दौडमा रहने टोली घट्दै जाँदा गोल्डेन बुटका दाबेदार पनि क्रमशः बाहिरिनेछन्। टिमको यात्रा कति लामो हुन्छ, त्यसले नै अन्ततः गोल्डेन बुटको विजेता निर्धारण गर्ने देखिएको छ।

सम्बन्धित पोस्टहरुः