वीरगंज, असार १८ –
प्रतिनिधि सभाले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा दफावार छलफलपछि सभामुख डोलप्रसाद अर्यालले विधेयक पारित भएको घोषणा गरेका हुन्।
प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्णयार्थ प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद आशिष गजुरेल, वासना थापा, ऐनबहादुर महर र अरविन्द शाहले छलफलमा भाग लिएका थिए।
यो विधेयक सरकारले यसअघि जारी गरेको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको हो।






