तीन वर्ष पूरा गरेका शिक्षकको सरुवा खुला

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १९ –

सरकारले शिक्षा नियमावली (दशौं संशोधन) स्वीकृत गर्दै स्थायी सेवा अवधि तीन वर्ष पूरा गरेका शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिने व्यवस्था गरेको छ।

नयाँ व्यवस्थाअनुसार आधारभूत तहका कक्षागत शिक्षकलाई समान तहको रिक्त पदमा तथा विषयगत र माध्यमिक तहका शिक्षकलाई सम्बन्धित विषयको रिक्त पदमा मात्र सरुवा गर्न सकिनेछ। अपाङ्गता भएका, अरूको सहारामा हिँडडुल गर्नुपर्ने अशक्त, गर्भवती तथा दुई वर्षभन्दा कम उमेरका बालबालिका भएका महिलालाई भने विशेष प्राथमिकता दिइनेछ।

सरुवाका लागि विद्यालयले कम्तीमा १५ दिनको सूचना प्रकाशित गर्नुपर्ने, प्रक्रिया पारदर्शी बनाउनुपर्ने तथा सूचना सार्वजनिक नगरी गरिएको सरुवा स्वतः बदर हुने व्यवस्था गरिएको छ। तीन वर्ष सेवा नपुगेका, अवकाश हुन एक वर्ष वा कम अवधि बाँकी रहेका तथा अन्य कानुनी मापदण्ड पूरा नगरेका शिक्षकको सरुवा भने नहुने नियमावलीमा उल्लेख छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः