बलियो ‘एल निनो’को चेतावनी, चरम मौसमको जोखिम बढ्ने

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १९ –

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले आगामी केही महिनाभित्र ‘एल निनो’ बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम बढ्ने जनाएको छ।

डब्ल्यूएमओका अनुसार ‘एल निनो’ जुलाईदेखि सेप्टेम्बरसम्म बलियो श्रेणीमा पुग्ने उच्च सम्भावना छ। यसले विश्वव्यापी मौसम प्रणालीमा असर पार्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि देशहरूलाई पूर्वतयारी गर्न आग्रह गरिएको छ।

सङ्गठनले भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै क्षेत्रमा औसतभन्दा कम वर्षा हुने तथा केही क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः