कारागारमा एसएलआरबाट गोली चल्दा प्रहरी जवान घाइते

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १९ –

सप्तरीको राजविराज–६ स्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्।

बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डमा खटिएका प्रहरी जवान बिसोजित राय यादवले बोकेको एसएलआर राइफल असावधानीवश फायर हुँदा भित्तामा लागेको गोलीको टुक्रा लागेर २२ वर्षीय प्रहरी जवान अजय कुमार मोता घाइते भएका हुन्।

घाइते मोतालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः